भूकम्प प्रभावितका लागि कांग्रेस निकटका अधिवक्ताहरूको संस्था डीएलएले दियो एक लाख रुपियाँ
काठमाडौं । नेपाली कांग्रेस निकटका अधिवक्ताहरूको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए)ले भूकम्प प्रभावितहरूका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गरेर एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले भूकम्पपीडितको तत्काल उद्धार, उपचार, राहत वितरण तथा पुनस्र्थापनाका लागि नेपाल सरकारको राहत कोषमा योगदान स्वरुप एक लाख एघार हजार एक सय एघार रुपियाँ उपब्धगराउने जनाएका छन् ।
दु:खद् र विषम परिस्थितिमा स्वदेश तथा विदेशमा रहेका सबैलाई मानवीय सेवामा सहयोग गर्न अध्यक्ष केसीले अपील गरेका छन् ।
अध्यक्ष केसीले भूकम्पमा परेकाहरूको उद्धार, घाइतेको उपचारका लागि सबैको सहयोगको आग्रह गरेका छन् । उनले मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया