प्रचण्डलाई भारतले दिएको महत्व र स्वागत यी त्रि-मूर्तिलाई मन परेन, डाहाले मर्न लागे

काठमाडौं । राजकीय भ्रमणका बेला भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको सम्मान र महत्वबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को टाउको दु:खेको छ ।

विपक्षी बेञ्चमा बस्दै आएका एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री दाहालविरुद्ध निकै आक्रामक रुपमा भारत भ्रमणलाई लिएर विरोध गरिरहेका छन् । रचनात्मक आलोचना गर्नु सबैको अधिकार हो । तर, एमाले, रास्वपा र राप्रपाले व्यक्तिगत इगो लिए जस्तो गरेर प्रधानमन्त्री दाहालको विरोध गरेका हुन् ।

दाहाललाई प्रधानमन्त्री बनेको कुरा ओलीलाई मन परेको छैन । नागरिकता र राहदानी कीर्ते काण्ड गरेका रास्वपाका सभापति लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनहरुले एमालेको स्वरमा स्वर मिलाएर संसदमा जसरी आफूलाई प्रस्तुत गरिरहेका छन् उनीहरुले आफ्नो औकात बुझ्न जरुरी छ ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा एमाले, रास्वपा र राप्रपाका सांसदहरुले प्रधानमन्त्री दाहाललाई बोल्न दिएनन् । प्रधानमन्त्री दाहालले संसदमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी दिन खोजेका थिए । तर, दाहाललाई बोल्न अबरोध गरेर सदन पटक पटक अबरोध गरेका थिए ।

रास्वपाका सभापति रवि लामिछानेले समेत प्रधानमन्त्री दाहालका विरुद्ध बोलेर आफूलाई एमालेकै कित्तामा पुर्‍याएका छन् । एमालेले आफूलाई कथित कम्युनिस्ट ठान्छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई भारतले प्रधानमन्त्री दाहाललाई दिएको महत्व र सम्मान मन परेको छैन ।

प्रधानमन्त्री पद फुत्किएपछि ओली निकै अहँकारी र इगो राख्ने व्यक्ति बनेका छन् । ओली राजनेता बन्नुभन्दा पनि इगो राख्ने व्यक्तिका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

Published : Wednesday, 2023 June 7, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया