चीनले माओवादीका २० जना नेताहरू लैजान लाग्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चरम उत्कर्षमा पुगेका बेला चीनले माओवादी केन्द्रका नेताहरूलाई भ्रमणमा बोलाएको छ ।

स्रोतका अनुसार शुक्रबार माओवादीका नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० जना चीन जान लागेका हुन् । उनीहरूलाई चीनले किन बोलाएको हो खुलाइएको छैन ।

भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरू सहभागी हुने बुझिएको छ ।

माओवादी केन्द्रका नेता सापकोटालाई चीन निकट रहेको भनेर आरोप लाग्दै आएको छ । सापकोटाले नै नेतृत्व गरेर चीन भ्रमणमा नेताहरूलाई लैजान लागेपछि विभिन्न अड्कलबाजी भएका छन् ।

नेपालमा चीनको हस्तक्षेप बढेर गएका बेला माओवादीका नेताहरू चीन जान लागेका छन् । चीनले नेपालसँगका सबै भन्सार नाकाहरू सहज रुपमा चल्न दिएको छैन ।

Published : Monday, 2023 May 15, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया