विद्यादेवी भण्डारीका कारण लाखौँ जनताले दुःख पाए, पूर्वधानन्यायाधीश कार्कीद्वारा आलोचना
काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आलोचना गरेकी छिन् ।
सोमबार काठमाडौंमा कानून समाजले आयोजना गरेको कार्यक्रममा कार्कीले भण्डारीलाई राजा जस्तै भएको आरोप लगाएकी हुन् ।
कार्कीले भण्डारीको सवारीका कारण आफूसहित लाखौँ जनताले दुःख पाएको बताएकी छिन् । भण्डारीको सवारीलाई लिएर पूर्वप्रधानन्यायाधीश कार्कीले आलोचना गरेकी हुन् ।
बिहीबार राष्ट्रपति भण्डारी बसन्तपुर जाने क्रममा काठमाडौंमा सडक खाली बनाइएको थियो । सडक खाली बनाउने क्रममा ट्राफिक व्यवस्था भद्रगोल बनेको थियो । लाखौँ यात्रुले समस्या भोग्नु परेको थियो ।
राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको कार्कीले बताएकी छिन् ।
राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरू पनि राजा जस्तै भएको पूर्वप्रधानन्यायाधीश कार्कीले बताएकी छिन् ।
कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको बताएकी छिन् ।
निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको उनले बताएकी छिन् ।
उनले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको अवस्था रहेको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज ।’
‘राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरू राजै जस्तो भए’, कार्कीले भनेकी छिन्, ‘यो मानसिकता जाने भनेको यही चुनावले हो ।’
कार्कीले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताएकी छिन् ।
निर्वाचनबाट पुरानो मानसिकताहरू फिल्टर हुँदै गएको भन्दै कार्कीले नयाँ सोँचाइ भएका कर्मठ युवा, युवतीहरू आगामी दिनमा अझ आउनुपर्ने बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया