जसपा, राप्रपा लगायत दलका ठूला नेताहरू कांग्रेसमा प्रवेश, सभापति देउवाद्वारा स्वागत
काठमाडौं । नेपाली कांग्रेसमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्यसहितका झण्डै एक सय नेता, कार्यकर्ता प्रवेश गरेका छन् ।
बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति शेरबहादुर देउवाले जसपा नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित नेता, कार्यकर्ता पार्टीमा प्रवेश गराएका हुन् । कांग्रेस प्रवेश गर्नेमा
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा जसपा नेपाल, राप्रपा लगायत विभिन्न दलका नेता, कार्यकर्ता छन् ।
नवप्रवेशीहरूलाई सभापति देउवाले कांग्रेसको साधारण सदस्यता प्रदान गरेका छन् । देउवाले पार्टीमा सक्रिय भएर लाग्न नवप्रवेशीहरूलाई निर्देशन दिएका छन् ।
सभापति देउवाले भने, ‘पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेर अवसरको बाँडफाँट गरिनेछ ।’

‘तपाईंहरू सबैजना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ’, सभापति देउवाले भनेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकी महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत नेता, कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका जिल्ला सभापतिसमेत रहेका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), पूर्वसांसद दिलमान पाख्रिन, दोलखा कांग्रेसका पार्टी सभापति वर्मा, पूर्वसांसद नागेन्द कुमाल लामा लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया