सबैको आशीर्वाद र मायाले मलाई अगाडि बढ्ने प्रेरणा भइरहनेछ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘श्री जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समितिद्वारा प्रकाशित स्मारिका विमोचन गरेकी छिन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री डा.राणाले स्मारिकाको विमोचन गरेकी हुन् । समितिले परराष्ट्रमन्त्री डा.राणालाई अभिनन्दन समेत गरेको छ ।

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘स्मारिका विमोचन र अभिनन्दनमा सरिक हुने मौका दिएकोमा समितिलाई धन्यवाद दिन चाहन्छु ।’

‘समारोहमा मलाई सम्मान प्रदान गर्नुभएकोमा आयोजक समितिप्रति कृतज्ञ छु’, डा.राणाले भनेकी छिन्, ‘यहाँहरूको यो शुभआशीर्वाद र मायाले आगामी दिनमा पनि मलाई यसैगरी अगाडि बढ्ने प्रेरणा र हौसला प्राप्त भइरहने अपेक्षा गरेकी छु ।’

Published : Saturday, 2024 October 26, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया