महामन्त्री थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच दिल्लीमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

भारतको भ्रमणमा रहेका महामन्त्री थापाले बिहीबार नयाँदिल्लीमा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेट गरेका हुन् ।उनीहरूका बीच नेपाल र भारतको सम्बन्धका विषयमा कुराकानी भएको बुझिएको छ ।

महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच यसरी भेट भएको सम्भवत पहिलो पटक हो ।

जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा भाग लिन बुधबार नयाँदिल्ली गएका महामन्त्री थापाले भारतीय अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

Published : Thursday, 2024 October 24, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया