पाण्डे मन्त्रालय छिरेपछि खराब आचारणका कमर्चारीहरूलाई तनाब, नलिन्चोक हेलिपोर्ट छानविनको माग
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पदबहाली गर्ने वित्तिकै मन्त्रालय मातहतका विभाग, प्राधिकरण, निगम लगायतका कार्यालयका भ्रष्ट र बदमास कर्मचारीहरू आत्तिएका छन् ।
चाकडी, घुसघोरी, मोटो रकम बुझाएर आकर्षक राजनीतिक नियुक्ति लिएका तथा उच्च तहको पदमा पुगेकाहरूलाई मन्त्री पाण्डेका कारण तनाब सिर्जना भएको छ ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका पाण्डे विवादरहित नेता मानिन्छन् । विद्यार्थी राजनीतिबाट आएका पाण्डेले हिन्दी फिल्मको डायलग ‘न खाउङ्गा, न खाने दुङ्गा’ शैलीमा काम गर्ने लय लिइसकेका छन् । पाण्डेले चाकडी गर्ने र घुस्याहा कर्मचारीहरूलाई सोहीअनुसारको व्यवहार गर्ने संकेत गरेका छन् । पैसा बुझाएर चाकडी गर्न खोज्ने विभाग, प्राधिकरण, निगम र कार्यालयहरूका खराब आचरणका कर्मचारीहरूलाई पाण्डेको कार्यशैलीले तनाब बढाइदिएको छ ।
यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विवादमा परिसकेका छन् । तत्कालीन मन्त्रीहरू स्व.रविन्द्र अधिकारी, योगेश भट्टराई, प्रेम आले, सुदन किराँती, हितबहादुर तामाङ (छोटो समय मन्त्री)हरू निकै विवादमा परेका थिए । यी मन्त्रीहरू कम्युनिस्ट पृष्ठभूमिका हुन् । पाण्डे कांग्रेस पृष्ठभूमिबाट आएका छन् । लोकतान्त्रिक संस्कारमा हुर्किएर राजनीति गरेका पाण्डेको शैली खराब आचरण भएका उच्च तहका कर्मचारीहरूलाई सबैभन्दा धेरै तनाब हुनेछ ।
उता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हतार हतारमा बनाएर तत्कालीन मन्त्री हितबहादुर तामाङमार्फत उद्घाटन गरिएको नलिन्चोक हेलिपोर्ट विवादमा परेको छ । नलिन्चोक हेलिपोर्टमा पाइलटहरूले उडान भर्न नसक्ने भनेर लिखित रुपमा असहमति जनाइसकेका छन् । नलिन्चोक हेलिपोर्टबारे मन्त्री पाण्डेले छानविन र अनुसन्धान गरेर दोषीलाई हदैसम्मको कारबाहीका लागि कठोर कदम उठाउनुपर्छ । प्राधिकरणमा रहेका इमान्दार डेमोक्रेटिक केही कर्मचारीहरूले मन्त्री पाण्डेबाट प्राधिकरणभित्रको अनियमिततामाथि निगरानी गर्ने अपेक्षा राखेका छन् ।
पोखरा अन्तर्राष्ट्रि विमानस्थलको अनियमितता प्रकरणमा बयान दिएर आजित भएका महानिर्देशक अधिकारीले नयाँ सरकार भएसँगै बच्न सकिन्छ की भनेर राहतको श्वास लिएको चर्चा छ । तर, अख्तियारले आफ्नो कामलाई निकै मिहिन तरिकाले अगाडि बढाइरहेको बुझिएको छ ।
सार्वजनिक लेखा समितिले बनाएको छानविन उपसमितिले पनि महानिर्देशक अधिकारीसँग बयान लिइसकेको छ । अधिकारीलाई पोखरा लगेर उपसमितिले केरकार गरिसकेको छ ।
महानिर्देशक अधिकारीले तत्कालीन समयमा आफूलाई कांग्रेसको सरकारको बेला नियुक्ति गरेको भन्दै कांग्रेसले नै बचाउँछ भनेर बोल्न थालेको चर्चा प्राधिकरणमा छ । तर, कांग्रेसले भड्खालोमा जाने कर्मचारी होस् वा अन्य जोसुकै होस् गुण र दोष तथा कामको आधारमा व्यवहार गर्छ भन्ने कुरा महानिर्देशक अधिकारीले राम्रोसँग बुझ्न जरुरी छ । कांग्रेस भनेको कम्युनिस्ट जस्तो खबराम आचरणको पार्टी होइन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया