प्राकृतिक विपत्तिको समयमा मावन सेवामा लाग्न तरुणहरूलाई अध्यक्ष गुरुङको आग्रह

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दुई वटा बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको घटनाप्रति अत्यन्तै दुखित भएको जनाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले त्रिशूली नदीमा दुई वटा बस पहिरोले बगाउँदा कयौँ यात्रु बेपत्ता भएको भन्दै चिन्ता जनाएका छन् । उनले बेपत्ता भएका यात्रुहरूको उद्धार र खोजतलासका लागि अनुरोध गरेका छन् ।

अध्यक्ष गुरुङले अविरल वर्षाका कारण देशभरि बाढीपहिरोबाट भएको क्षतिप्रचि दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

निरन्तर रुपमा भारी वर्षाको कारण थप जोखिम बढ्न सक्ने अवस्थाको दृष्टिगत गरेर देशभरि सबैलाई सजग भएर प्राकृतिक विपत्तिको सामना गर्न आग्रह गरेका छन् ।

उनले सरकारका विभिन्न निकायसँग समन्वय गरेर तरुणहरूलाई प्राकृतिक विपत्तिको समयमा मावन सेवाको महत्वपूर्ण कार्यमा सक्रिय भएर लाग्न आग्रह पनि गरेका छन् ।

Published : Saturday, 2024 July 13, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया