सेवानिवृत्त भए एआइजी जोशी र डीआइजी पोखरेल, नक्सालमा बिदाइ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेशराज जोशी र प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई बिदाइ गरेका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा आइजीपी कुँवरले जोशी र पोखरेललाई बिदाइ गरेका हुन् ।
कुँवले सेवानिवृत्त भएका एआइजी जोशी र डीआइजी पोखरेललाई मायाको चिनो प्रदान गरेका छन् ।
सेवानिवृत्त हुन लागेका एआइजी जोशी र डीआइजी पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया