दुई नायिकासँगको उछृङ्खल कार्यक्रमबारे प्रेस काउन्सिलले लियो ओसिनसँग बयान
काठमाडौं । कान्तिपुर टीभीको विवादास्पद ‘इट्स माइ शो’का कतिपय अंश आपत्तिजनक भन्दै प्रेस काउन्सिल नेपालले त्यसलाई हटाउन कडा निर्देशन दिएको छ ।
काउन्सिलले यो विषयमा बयानका लागि मंगलबार कार्यक्रम प्रस्तोता ओसिन सिटौलालाई कार्यालयमै बोलाएको थियो । सिटौलाले कार्यक्रमबारे विभिन्न तर्क गरेकी छिन् ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग भएको छलफलमा प्रस्तोता सिटौलाले आफ्नो कार्यक्रममार्फत अरुको चरित्र हत्या गर्ने, गोपनीयता हनन् हुने निहित उद्देश्य नराखेको प्रष्ट पारेकी थिइन् ।
सिटौलाले एक साताअघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाग्री राज्यलक्ष्मी शाह ल्याएकी थिइन । त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक, गोपनीयताको हक विपरित रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो ।
सिटौलाले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी छिन् ।
काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशन समेत दिएको काउन्सिलका एक सदस्यले बताएका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल छलफलमा सहभागी थिए ।
शोका निर्माता, कान्तिपुर टीभीका समाचार र प्रशासनको समेत प्रतिनिधित्व थियो ।
प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ ।
यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया