प्रचण्ड बसेकै घरभित्र घुसेर ओलीले भने– मार्ग प्रशस्त गर्नुस्, म नयाँ ढङ्गले हिँडे
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।
मंगलबार बिहान बालुवाटारमा दाहालसँग भेट गरेर ओली आफू नयाँ ढङ्गले जान लागेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।
दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिनेबारेमा ओलीलाई स्पष्ट जवाफ दिएका छैनन् । दाहालले पार्टीभित्र आन्तरिक परामर्श गरेर उचित निर्णय लिने जवाफ ओलीलाई दिएका छन् ।
ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको जानकारी पनि दाहाललाई गराएका छन् । आफ्नो पार्टीका मन्त्रीहरू फिर्ता हुन लागेको ओलीले दाहाललाई उल्लेख गरेका छन् । त्यसपछि ओलीले दाहाललाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दाहाललाई दिएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया