संसदको बैठक लयभन्दा बाहिर गएपछि कांग्रेसका खतिवडाले गराए देवराजको ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कार्यसूचीमा रहेको व्यवस्था कार्यान्वयन गर्न आग्रह गर्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय सुरु हुनै लाग्दा सांसद खतिवडाले कार्यसूचीमा रहेको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम कता गयो ? भनेर प्रश्न उठाएका हुन् । सांसद खतिवडाको माग र ध्यानाकर्षणपछि सभामुख घिमिरेले मन्त्रीहरू नआएको तथा आउनेवित्तिकै सो कार्यक्रम अगाडि बढ्ने जवाफ दिएका छन् ।
सांसद खतिवडाले भने, ‘सभामुखज्यू म क्यालेण्डरको कुरा मात्रै राख्छु । त्यसपछि विशेष समयमा जानका लागि अनुरोध गर्दछु । हामीलाई यो प्रतिनिधि सभाको सम्भावित कार्यतालिका भनेर उपलब्ध गराएकोमा आजको कार्यसूचीमा शून्य समय पश्चात, शून्य समय र विशेष समयमा उठेका प्रश्नको जवाफ भनेर उल्लेख गरिएको छ ।’
‘तर, अगाडिको रोहमा हेर्छु सभामुख महोदय मन्त्रीहरूलाई खडेरी लागेको छ । कहिँ औषधि उपचार गर्न जानु भएको छ की, कहिँ कतै जानुभएको छ थाहा छैन । शीर्ष नेताहरू पनि अगाडिको बेन्चमा अनुपस्थित हुनुहुन्छ’, सांसद खतिवडाले भने ।
‘कार्यतालिका अनुसार सदन पनि प्रवेश गरेन । यसमा जानकारी पाउन पाए अझै खुसी हुन्थेँ । धन्यावाद’, खतिवडाले भने ।
जवाफमा सभामुख घिमिरेले भने, ‘माननीय सदस्य यहाँले उठाउनुभएको विषयमा ध्यानआकृष्ट भएको छ । यसको तयारीहरू भइरहेकै छ । समयमा माननीय मन्त्रीजीहरूको उपस्थिति नभएको हुनाले यसलाई अब उतार गरिने व्यवस्था गरिएको जानकारी गराउँछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया