प्रचण्डद्वारा देउवा र ओलीसँग वार्ता, कांग्रेससँगको गठबन्धन भत्किँदाको बुँदामा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो ।
शीर्ष नेताहरूका
बीच टीआरसी विधेयक टुंगोमा पु¥याउने विषयमा छलफल भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।
गिरीले जुन जुन बुँदामा सहमति भएको छैन तिनीहरूलाई निष्कर्षमा पु¥याउन अघि बढ्नेबारे नेताहरू एकमत भएको बताएका छन् ।
संक्रमणकालीन न्यायका विषयमा धेरै बुँदामा सहमति भइसकेको भन्दै गिरीले तीन, चार वटा बुँदामा मात्रै सहमति हुन बाँकी रहेको बताए ।
कांग्रेससँगको गठबन्धन भत्काउँदा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग टीआरसीमा छलफल गरेको भनेर झुठ बोल्दै आएका थिए । टीआरसीलाई ओलीले पास गरिदिने भए अहिले आएर कांग्रेसको साथ दाहालले किन खोज्न थालेका हुन् प्रश्न उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया