प्रचण्ड मातहतको राजस्वका महानिर्देशकको फोनबाट बिचौलियाद्वारा व्यापारीहरू धम्काएर असुली धन्दा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थात् प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको महानिर्देशक (डीजी)को मोबाइल फोनबाट बिचौलियाहरूले व्यापारीहरू थर्काउने गरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को एउटा महानिर्देशक बनेर त्यहि फोनबाट ९७०४५४१००४ बाट व्यापारीहरूलाई विदाको दिन फोन गर्ने ।’
‘यती पैसा लगानी गरेको छु तपाईलाई डीजी बनाउन यती पैसा तिर्नुस् भनेर विभिन्न डिपार्टमेन्ट स्टोरदेखि अन्य व्यापारीहरूलाई फोन गरेर तर्साउने काम राजस्व अनुसन्धानका डीजीको नम्बरबाट गर्ने गरेको छ बिचौलियाको बाट’, उनले भने ।
‘त्यो बिचौलिया को हो ? मैले ३ करोड रुपियाँ खर्च गरेर डीजी बनाएको हुँ भन्छ रे । सम्माननीय प्रधानमन्त्रीज्यू अन्तर्गत पर्छ राजस्व अनुसन्धान के यसैगरी व्यापारी थर्काउनको लागि बिचौलियाहरूलाई प्रयोग गर्ने संस्थाको रुपमा त्यसलाई विकास नगरियोस् भनेर अनुरोध गर्न चाहन्छु’, खतिवडाले भने ।
सांसद खतिवडाले कटारी–घर्मी सडक निकै जिर्ण रहेको भन्दै मर्मतका लागि आग्रह गरेका छन् ।
‘कटारी–घुर्मी राजमार्ग अफ्ठ्यारो अवस्थामा छ । त्यसलाई छिटोभन्दा छिटो निर्माण । घुर्मी–चतरा सडक पनि हाम्रो प्रदेश विराटनगर जान सोलु–ओखलढुङ्गा सडक बनाउन आग्रह गर्छु’, खतिवडाले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया