संघीयता र कृषि विरोधी बजेट भन्दै कांग्रेसद्वारा लुम्बिनी प्रदेशसभा बैठक अबरुद्ध
मसुरिया । नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै लुम्बिनी प्रदेश सभा बैठक अबरुद्ध गरेको छ ।
शुक्रबार देउखुरीको मसुरियास्थित प्रदेशसभामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारले कृषक र कृषि विरोध बजेट ल्याएको भन्दै विरोध गरे । चौधरीले संघीयता विरोधी बजेटको विपक्षमा रहेको जानकारी गराउँदै प्रदेशसभा बैठक अबरुद्ध गरिएको बताए ।
कांग्रेसका प्रदेश सभा सदस्यहरू आ–आफ्नो स्थानमा उभिएपछि बैठक केही समयका लागि स्थगित भएको छ ।
उनले कृषिमा बजेट घटेको भन्दै गत वर्षभन्दा यस पटक निकै कम बजेट गएको बताए । उनले गत वर्षको बजेटमा कृषि क्षेत्रमा ५८ करोड गएको तर, यसपटक बजेट घटेर आएको बताए ।
उनले लुम्बिनी प्रदेशको प्राथमिकता कृषि र पयर्टनमा हुनुपर्ने बताए । जन क्षेत्रमा अधिकार छैन त्यहाँ लगेर बजेट थुपारेको भन्दै चौधरीले बजेटको विरोध जनाएका छन् । उनले लुम्बिनी सरकार गरिव जनता, कमैया, थारु, जनजाति, महिला विरोधी सरकार रहेको कुरा बजेटमार्फत पुष्टि गरेको बताए ।
उनले गठबन्धनको सरकारलाई कृषि र कृषक विरोधी भनेर टिप्पणी गरेका छन् । स्थानीय रक्सीलाई ब्राण्डिङ गर्ने गत वर्षको सरकारले निर्णयलाई नल्याएको भन्दै चौधरीले विरोध गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता चौधरीले भने, ‘सैद्धान्तिक रुपमा संघीयता विरोधी बजेट आएको छ । संघीयतालाई सपोर्ट नगर्ने बजेट आएको छ । संघीयता यसरी चल्दैन ।’
‘म कहाँ बजेट पर्यो की परेन ठूलो कुरा गर्दिन् । म यती कुरा गर्न चाहन्छु । सैद्धान्तिक रुपले यो बजेट संघीयतासँग मेल खाने बजेट छैन’, उनले भने, ‘नेपाली कांग्रेस यो बजेटको विपक्षमा उभिएको छ । आजैबाट यो सदन अबरुद्ध गर्ने जानकारी गराउँछु ।’


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया