प्रचण्ड-ओली-महासेठ-पुनको क्षेत्रमा मात्रै बजेट गएपछि संसदभित्रै किताब च्याते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट किताब च्यातेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै लिङ्देनले चार जना नेताको चार वटा निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित रहेको भन्दै किताब च्यातेका हुन् । उनले असमान बजेट वितरण प्रणालीको विरोध गरेका छन् ।
किताब च्यातेपछि सांसद लिङ्देनले भने, ‘जब यो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा प¥यो । त्यो दिनदेखि म यसरी तात्तिएको छु की ? यो यसरी च्यातेर । यसरी हुराउने मन छ । तर, यो संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुराउनु पर्ने हो त्यहाँ नहुराएर मैले यहा राख्छु मैले ।’
सांसद लिङ्देनले भने, ‘यो मेरो मनको कुरा मात्रै होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चार वटा निर्वाचन क्षेत्रदेखिको बाहेकको सबै प्रतिनिधिसभा सदस्यहरूको मनको कुरा हो यो ।’
‘यसरी सामान्य लाज, घिन पनि नराखेर राज्य स्रोतमाथि यस प्रकारणको मनपरी कति दिनसम्म मानिसहरूले सहेर बस्ने’, उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र गोरखा, केपी ओलीको निर्वाचन क्षेत्र झापा, मन्त्री महासेठको निर्वाचन क्षेत्र धनुषा र अर्थमन्त्री वर्षमान पुनको निर्वाचन क्षेत्र रोल्पामा मात्रै भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको बजेट परेपछि विरोध भइरहेको छ । लिङ्देनले बजेटको किताव च्यातेपछि मन्त्री महासेठ निकै तनाबमा परेका थिए । उनी निकै मलिन भएर बसेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया