भारतद्वारा ३.३९२ करोडमा प्यूठानको विद्यालय र छात्रावास भवन शिलान्यास
काठमाडौं । प्यूठान जिल्लाको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको शिलान्यास भएको छ ।
शनिबार बिहान ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको नेरु ३.३९२ करोड आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ ।
परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका प्यूठानमार्फत गरिनेछ । परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।
ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।
प्यूठानको ऐरावती गाउँपालिकास्थित श्री दाङबाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।
यीमध्ये प्यूठानका २ वटा परियोजनासहित लुम्बिनीप्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् ।
सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थालाई १००९ वटाएम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
त्यसमध्ये प्यूठान जिल्लालाई प्रदान गरिएको १० वटा एम्बुलेन्ससहित लुम्बिनीप्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया