गण्डकीमा पाण्डेले लिए मुख्यमन्त्रीको शपथ, २ मन्त्री पनि नियुक्त, कांग्रेसले सम्हाल्यो कमाण्ड
पोखरा । एमाले र माओवादी केन्द्रको कीर्ते षड्यन्त्रलाई पार गर्दै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । शपथसँगै पाण्डेले कांग्रेसबाट दुईजनालाई मन्त्री बनाएका छन् ।
लमजुङबाट प्रतिनिधित्व गर्ने टकराज गुरुङलाई अर्थमन्त्री र कास्कीबाट प्रतिनिधित्व गर्ने विन्दुकुमार थापालाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरिएको छ ।
पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार बुधबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेस नेता पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ ।
गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र राजीव गुरुङ (दीपक मनाङे) गरी ६० जना सांसद छन् ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिन्छ । नवनियुक्त मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने बताउँदै आएका छन् ।
मुख्यमन्त्री पदको शपथ लिएसँगै पाण्डेले कार्यभार सम्हालेका छन् । दुई मन्त्री गुरुङ र थापाले पनि जिम्मेवारी सम्हालेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया