सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेबारे रणनीति बनाउन कांग्रेसले बोलायो बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सूचना जारी गरेर सोमबार दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको बताएका छन् ।
कार्यसमितिको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ । बैठक २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने सूचनामा उल्लेख छ ।
कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको माग उठाउँदै आएको विषयमा छलफल हुनेछ ।
संसदको बैठकमा कसरी प्रस्तुत हुने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ । कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानविनको मागलाई जबरजस्त अडानका साथ उठाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया