ससुराको घरमा डिनरसहितको गगन-शेखर वार्ता, ‘फेबिकोल’ लगाएर गुट जोड्ने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको टकराब सडकमा आएको छ ।

नेता कोइरालाले मंगलबारका लागि काठमाडौंमा आफू निकटका नेताहरूको गुटको भेला बोलाएका छन् । शेखर समूहबाट भेलामा गगनलाई पनि निम्तो पठाइएको थियो । शेखरको निम्तोलाई गगनले ठाडै अस्वीकार गरिदिएको स्रोतले जनाएको छ ।

महामन्त्री थापाले आफ्नै गुट बनाएका छन् । आफ्नो गुटलाई घाटा पुग्ने भएपछि गगनले शेखरको गुटको भेलामा जान अस्वीकार गरेको एक नेताले बताए ।

शेखर र गगनको द्वन्द्व बढेर सडकसम्म पुगेपछि गगनका ससुरा अर्जुन नरसिंह केसीले विवादलाई मिलाउने प्रयास गरेका छन् । केसीले शेखर र गगनलाई सोमबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा डिनरसहितको बैठक राखेर कुरा मिलाएका हुन् ।

गगनका ससुरा केसीको आग्रहमा शेखरले मंगलबारको गुटको भेला बुधबारसम्मका लागि सारेका छन् ।

यसअघि शेखरले आफूसँग सल्लाह नगरी गुटको भेला राखेको भन्दै गगन रिसाएका थिए । ससुरा केसीको आग्रहमा गगन बुधबार हुने शेखरको गुटको भेलामा जाने सहमति बनेको एक नेताले बताए ।

पछिल्ला दिनमा एक अर्कालाई खुलेरै असहयोग गरिरहेका शेखर र गगनबीच संवाद समेत हुन सकेको थिएन ।

गगनले शेखरलाई गुटको नेता मान्न आनाकानी गर्दै आएका छन् । शेखरको गुटबाट महामन्त्री पदमा अत्याधिक मत लिएर विजयी भएका गगन पछिल्लो समय उप–सभापति पूर्णबहादुर खड्कासँग निकट देखिएका छन् ।

गगनले कांग्रेसभित्र दाइ र भाजु भनेर आलोचना गर्दै आएका छन् । तर, उनले आफ्नै ससुरालाई संरक्षण गर्दै आएका छन् । यो कुरा उनले भुलेका छन् । अन्य नेताको आलोचना गर्न सहज छ । गगनले आफूले ससुराको संरक्षण गरेको कुरा भने भुलेका छन् । सुसराका हर्कत ढाकछोप गर्दै आएका छन् ।

फुटेको गगन र शेखरको गुटलाई केसीले फेबिकोल लगाएर जोड्ने प्रयास गरेका छन् । तत्कालका लागि कृतिम रुपमा गगन र शेखर समूहको विवाद मिलेको जस्तो देखिए पनि भित्र भने अर्कै हर्कत भइरहेका छन् ।

Published : Monday, 2023 December 11, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया