गगनका कारण तनाबमा परेका शेखरले राखे गुटको बैठक, गगन-प्रदीपहरू आउलान् ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका नेताहरूको गुटको बैठक बोलाएका छन् ।
कोइरालाको गुटको बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।
महासमिति बैठक बस्ने तयारी भइरहेका बेला नेता कोइरालाले गुटको बैठक बोलाएका हुन् ।
नेता कोइरालाले आफू निकटका पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरू, प्रदेश सभापतिहरू लगायतलाई बोलाएका छन् ।
नेता कोइरालाको गुटको बैठकमा महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य प्रदीप अधिकारी लगायतका नेताहरू आउँछन् वा आउँदैनन् केही भनिएको छैन । महामन्त्री थापाले आफ्नो अलग गुट बनाइसकेका छन् ।
शेखर र गगनबीच निकै ठूलो खाडल भइसकेको छ । शेखरको गुटको बैठकमा गगन आउने सम्भाना निकै कम छ । प्रदीप पनि आउने सम्भावना निकै कम छ ।
कोशी प्रदेशको सरकार गठनको विषयमा नेता कोइराला र महामन्त्री थापाबीच विवाद देखिएको छ । उनीहरूको सम्बन्ध बिग्रिएको छ वा सुध्रिएको छ भन्ने कुरा मंगलबार बस्ने गुटको बैठकमा थाहा हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया