कलाकार प्रकाश ढकालको मृत्यु प्रकरणमा चार जना पक्राउ
काठमाडौं । कलाकार प्रकाश ढकालको मृत्यु प्रकरणको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ ।
ढकाल मंसिर ३ गते धादिङको बेनीघाट–रोराङ गाउँपालिकाको वडा नम्बर ७ स्थित कृष्णभिरमा मृत फेला परेका थिए ।
ढकालको मृत्यु भएपछि प्रहरीले बस चालकसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
बस चालक, बसका मालिक र दुई जना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएको प्रहरीले जनाएको छ ।
रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको उल्लेख गरेको छ ।
चार जनालाई पक्राउ गरेपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
कलाकार ढकालको शव कृष्णभिरस्थित त्रिशूली नदी किनार खोँचमा फेला परेको थियो ।
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ७ निवासी ढकाल काठमाडौंमा बस्दै आएका थिए ।
ढकालको शव त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोँचमा फेला पारेका थिए । ढकालको शवलाई प्रहरीले मंसिर ४ गते बाहिर निकालिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया