कांग्रेस नेता चौधरीको समूहद्वारा एकहप्तादेखि धमाधम घर र टहरा निर्माण, हस्तान्तर पनि गर्दै
जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा घर, टहराहरू बनाउन सहयोग गरेका छन् ।
एक हप्ता अगाडिदेखि नेता चौधरीले दाङको देउखुरीबाट लिएर आएका प्राविधिकसहितको टोलीमार्फत घर, टहराहरू बनाइरहेका छन् । उनले भने, ‘घर र टहराहरू बनाउन सहयोग गरिरहेका छौँ । घर र टहरा बनाउन दक्ष प्राविधिकहरूलाई देउखुरीबाट लिएर आएको छु ।’
भूकम्पले धेरै क्षति पुर्याएको गाउँ र टोलमा प्राथमिकताका आधारमा स्थानीयहरूसँगको समन्वयमा घर टहराहरू बनाइएको चौधरीले बताए ।
उनले भने, ‘जसले घर र टहरा बनाउन सक्दैनन् । जो निकै समस्यामा छन् । उनीहरूको पहिचान गरेर मानवीयताका आधारमा घर, टहराहरू बनाएका छौँ । बनेका घर, टहराहरू हस्तान्तरण गर्दै पनि आएका छौँ ।’
एउटा घर वा टहरा बनाउन कम्तिमा दुई दिनसम्म लाग्ने गरेको छ । सकेसम्म धेरै घर र टहराहरू बनाएर जाडोबाट बचाउने कोशिसहरू भइरहेको उनले बताएका छन् ।
नेता चौधरीको समूहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, कुन्दन काफ्ले लगायतका नेताहरू छन् ।
कांग्रेसको केन्द्रीय कार्यालयले चौधरीसहितका नेताहरूलाई जाजरकोटमा खटाएको छ । नेता चौधरीको समूहले बुधबार स्थानीय पूर्ण परियारको घर टहरा बनाउन लागेको छ ।









बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया