गृहमन्त्री श्रेष्ठलाई झण्डै हार्टअट्याक, मध्यराति मुटुको शल्यक्रिया
काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।
काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्र मंगलबार मध्यराति करीव १२ बजे गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरिएको प्रेस सल्लाहकार कमल गिरीले बताएका छन् । श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि मंगलबार राति साढे ११ बजे अस्पताल भर्ना गरिएको थियो । उनको मुटुमा ९ बजेदेखि सामान्य दुखाइ शुरु भएको थियो ।
निजी चिकित्सक डा.सुरज बज्राचार्यले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा.अरुण मास्केसँग सल्लाह गरि अस्पताल लगेका थिए ।
हर्टअट्याक आउनुभन्दा पहिला नै उपचार भएको डा.बज्राचार्यले बताएको गिरीले उल्लेख गरेका छन् । मुटुको धमनीमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको सल्लाहकार गिरीले बताएका छन् ।
गृहमन्त्री श्रेष्ठलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमा नै राख्नु पर्ने चिकित्सकहरूले जनाएका छन् ।
यसैबीच, गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी लिएका छन् ।
बुधबार बिहान अस्पतामा पुगेर प्रधानमन्त्री दाहालले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
प्रधानमन्त्री दाहालले भेट गरेपछि चिकित्सकहरूले गृहमन्त्री श्रेष्ठको भेटघाट बन्द गरिदिएको प्रेस सल्लाहकार गिरीले बताएका छन् ।
गृहमन्त्री श्रेष्ठलाई डा.मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको थियो ।
यसअघि, चीन भ्रमणका बेला पनि गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो । उनलाई उपचार गरेर काठमाडौं ल्याइएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया