गगन र विश्वलाई म मुख्यमन्त्री बनेको मन परेको छैन : केदार कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माविरुद्ध आक्रोश पोखेका छन् ।
मंगलबार ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री हुँदा पार्टीभित्रका केहीलाई नपचेको आरोप लगाए ।
महामन्त्री थापा र शर्माप्रति संकेत गर्दै उनले भने, ‘अरुले नै लगिसकेको मुख्यमन्त्री मैले खोसेर ल्याउँदा केही मान्छेलाई पचेन । बोमिट आयो ।’
दुई महामन्त्रीप्रति असन्तुष्टि जनाउँदै कार्कीले भने, ‘महामन्त्रीहरुको म्याचुरिटी देखिरहेका छैनौं । अर्कौ समनान्तर विद्रोही कार्यक्रम गर्दै हुनुहुन्छ ।’
‘महामन्त्रीले द्वन्द्व व्यवस्थापन गर्ने हो । द्वन्द्व सिर्जना गर्ने होइन’, कार्कीले भनेका छन् ।
मुख्यमन्त्री कार्कीले पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । माओवादीलाई एमालेसँगको सत्ता सहकार्यबाट टुटाउन सभापति देउवा सफल रहेको भन्दै कार्कीले प्रशंसा गरेका हुन् ।
देउवा पुन: सभापति नहुने भन्दै ‘आउट गोइङ’ सभापतिलाई सम्मान गर्न नेताहरूलाई मुख्यमन्त्री कार्कीले सुझाव दिएका छन् ।
कार्कीले भने, ‘शेखर दाइ र गगन जीलाई भन्न चाहन्छु । गोइङ सभापतिलाई सम्मानसाथ विदा गर्नुस् । पार्टीलाई एक ढिक्का बनाएर भोली जनताको कांग्रेस बनाउनुस् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया