देउवासँग भण्डारीद्वारा भेट, संघीयता खारेजी, हिन्दु राष्ट्र र निर्वाचन प्रणाली परिवर्तनको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘बैदिक सनातन हिन्दू राष्ट्र स्थापना’को विषयमा महासमितिको बैठकमा प्रवेश गराउन केन्द्रीय सदस्य शंकर भण्डारीले माग गरेका छन् ।
शुक्रबार बिहान धुम्बाराहीस्थित निवासमा सभापति देउवासँग भेट गरेर पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद भण्डारीले हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजको माग राखेका हुन् ।
सभापति देउवाले आफ्ना मागप्रति सकारात्मक सन्देश दिएको नेता भण्डारीले बताएका छन् । भण्डारीले संघीयता जनतालाई बोझिलो र झन्झटिलो बनाएको बताएका छन् । उनले मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई राजनीतिक अस्थिरतातिर लगेको बताएका छन् ।
उनले हिन्दु राष्ट्र बनाएर मुलुकलाई समृति र विकासतिर लैजानुपर्ने बताएका छन् ।
नेता भण्डारीले भने, ‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूसंग बिहान धुम्बाराहीस्थित उहाँको निवासमा भेट गरी आसन्न महासमिति बैठकमा बैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई प्रवेश गराउनुपर्छ भनि आफ्नो धारणा राखे ।’
‘यस विषयमा पार्टी सभापति ज्यू सकारात्मक रहेको पाएको छु’, नेता भण्डारीले भने, ‘वैदिक सनातन हिन्दू राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा मेरो निरन्तर खबरदारी रहने जानकारी गराउँदछु । जय नेपाल ।’
नेता भण्डारीले बैदिक सनातन हिन्दू राष्ट्र स्थापना, संघीय संरचना खारेजी र निर्वाचन प्रणाली परिवतनमा आवाज उठाउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया