उपेन्द्रलाई प्रधानमन्त्री बनाउन ओली लागेका छन्, एमाले गलत ठाउँमा ठोक्कियो : दुर्गा प्रसाइँ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने लबिङमा केपी ओली लागेको बताएका छन् ।
बिहीबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रसाइँले भने, ‘उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने लबिङमा लागेका छन् केपी ओली । अब हुँदैनन् । केपी ओलीलाई के भनिदिन्छु भने यो जुगमा केपी ओली प्रधानमन्त्री हुँदैनन् ।’
प्रसाइँले भने, ‘केपी ओलीको पार्टी नै सक्कियो आजदेखि । धेरै फुरफुर गर्दा । टाइटनिक गलत ठाउँमा आएर ठोक्कियो । जहाज अब डुब्ने क्रम शुरु भयो । लेखेर राख्नुस् ।’
उखान र टुक्का ओलीलाई भन्दा राम्रो आफूलाई आउने प्रसाइँले बताएका छन् । उनले भने, ‘हामी हिँड्दै छौँ । उनीहरू ढुंगा हान्दै छन् । प्रहरीले हामीलाई मात्रै दमन गरेको छ ।’
प्रसाइँले गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएको भन्दै उनको उपचार आफैले गर्ने बताएका छन् । उनले घाइतेको अवस्था गम्भीर रहेको बताएका छन् ।
प्रसाइँले टिप्पर चलाउन नदिएर सरकारले चालकहरूलाई बेरोजगार बनाएको बताए । टिप्पर चलाउन नपाउँदा किस्ता तिर्न पनि नसकेको बताए । उनले टिप्परलाई रातिमा मात्रै चलाउन दिने अति क्रसरहरू बन्द गरिदिएर व्यापारीहरूलाई बेहाल बनाएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया