सभापति देउवा अस्वस्थ्य, ज्वरो र रुघाखोकी

काठमाठौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ्य भएका छन् ।

सभापति देउवालाई भाइरल ज्वरो र रुघाखोकी लागेको कांग्रेसका एक नेताले बताएका छन् । ज्वरो र रुघाखोकी लागेका कारण देउवा सार्वजनिक कार्यक्रममा गएका छैनन् ।

चिकित्सकहरूको सल्लाहमा सभापति देउवा धुम्बाराहीस्थित निवासमा आराम गरेका छन् ।

Published : Monday, 2023 October 2, 11:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया