अमेरिका उड्नुभन्दा अगाडि प्रधानमन्त्रीले बालुवाटारमा बसेर जनतालाई ‘सेके’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका उड्नुभन्दा अगाडि सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

सरकारको निर्देशनमा शुक्रबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँ र डिजेल र मट्टितेलको ३ रुपियाँ मूल्यवृद्धि गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपियाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपियाँ पुगेको छ ।

मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ रुपियाँ भएको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ७२ रुपियाँ भएको छ ।

डिजेल/मट्टितेल प्रतिलिटर एक सय ७२ रुपियाँ भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपियाँ ५० पैसा भएको छ ।

डिजेल र मट्टितेल प्रतिलिटर एक सय ७० रुपियाँ ५० पैसा तोकिएको छ ।

भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । वृद्धि भएको मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुनेछ ।

Published : Friday, 2023 September 15, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया