सुन तस्करी काण्डमा गृहमन्त्री र एआईजीले माओवादी नेता र छोराहरूलाई बचाए, धेरैलाई फसाए
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ब्रेक प्याडहरूमा लुकाई छिपाई ल्याएको सुन तस्करीमा संलग्न हालसम्म ३२ जनालाई पक्राउ गरेको छ ।
सुन तस्करी काण्डमा सीआईबीले धेरै व्यक्तिलाई सामान्य संलग्न अर्थात फोनमा कुराकानी भएकै कारणले बयान लिएर मुद्दा चलाउन प्रतिवेदनमार्फत सिफारिस गरेको छ । तर, माओवादीका नेता तथा पूर्वउप–राष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई मुद्दा चलाउन सिफारिस गरिएको छैन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यले दीपेश पुनसहित माओवादीका नेताहरूलाई उन्मुक्ति दिएका छन् ।
अवैध सुन पैठारी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा हालसम्मको अनुसन्धानको क्रममा नेपाली तथा विदेशी नागरिकहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सुनको कारोबारमा संलग्न ११ जना छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना छन् । भन्सार एजेन्ट ४ जना छन् । कार्गो एजेन्ट ३ जना छन् ।
ट्याक्सी चालक १, भाषा अनुवादक/कोठा खोज्ने १, कम्पनी खोल्ने २ र कम्पनी खडा गर्ने/माल बस्तु व्यवस्थापक २ जना रहेको व्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुन काण्डमा १८ जना फरार रहेका छन् ।
रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपियाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको छ ।
सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको छ । २ ठाउँमा सुन गाल्ने गरिएको अनुसन्धानका क्रममा फेला परेको छ ।
ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतीय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेटसहित ८ कार्टुन बरामद गरेको थियो ।
परीक्षण पछि सुन रहेको एकिन भए पश्चात राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी पैठारी राजश्व छलि मुद्दा दर्ता भएको छ ।
१९ दिनसम्मको अनुसन्धानबाट १६ जनालाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धानको लागि विभागबाट साउन २१ गते फाइल प्राप्त भएपछि व्यूरोले साउन २२ गतेबाट अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको थियो ।
सुन काण्डमा माओवादीका नेता र उनीहरूका छोरा संलग्न रहेको पाइँदा पनि सीआईबीले मुद्दा चलाएको छैन । बयान लिएरका माओवादीका नेतालाई समेत मुद्दा चलाइएको छैन । कतिपय माओवादी नेताहरूको संलग्नता देखिएका कुरा समाचारमा आएका थिए । तैपनि सीआईबीले बचाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यले माअोवादीका नेताहरूलाई सुन तस्करी काण्डमा मुद्दा चलाएकी छैनिन् ।
गृहमन्त्री श्रेष्ठको आदेशमा माओवादीलाई उन्मुक्ति दिएपनि नेपाली कांग्रेस र एमाले निकटका व्यक्तिहरूलाई सामान्य विषयमा पनि मुद्दा अगाडि बढाइएको देखिएको छ ।
पक्राउ गरेका चिनियाँ नागरिकसँग अन्य व्यापारिक प्रयोजनमा कुरा भएको आधारमा समेत केही व्यक्तिलाई मुद्दा चलाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया