कांग्रेसद्वारा मस्यौदा पारित
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्रको प्रारम्भीक मस्यौदा पारित गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय, ललितपुरमा बसेको कार्यसम्पादन समिति बैठकले मस्यौदा पारित गरेको हो । महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को पारम्भीक मस्यौदा बैठकमा पेश गरेका थिए ।
पदाधिकारी एवम् सदस्यहरूले दिएका सुझावलाई समावेश गरेर स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिले अन्तिम रुप दिने गरी पारित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बैठकमा सभापति शेरबहादुर देउवा, उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सह–महामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियारको उपस्थिति रहेको थियो ।
नेताहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा.प्रकाशशरण महत, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, जीपछिरिङ लामा र एन.पी. साउदले आ–आफ्नो धारणा राखेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया