चोलेन्द्रका थुनामा रहेका मान्छेलाई बारले पनि मुछ्यो, छुट्ने धम्की दिन थाले

काठमाडौं । नेपाल बार एसोसिएशनले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल राष्ट्र बैंक ऐन कसूरमा थुनामा रहेका विचौलिया अमित श्रेष्ठबीच सम्बन्धबारे लामो प्रतिवेदन तयार पारेको छ ।

एसोसिएशनले भदौ १२ गते प्रतिनिधि सभाको महाअभियोग छानविन विशेष समितिमा बुझाएको कागजात विवरण प्रतिवेदनमा चोलेन्द्र र अमितबीच ठूलो कनेक्सन भएको उल्लेख छ ।

अमितको सम्पत्तिमाथि पनि छानविन गर्न बार एसोसिएशनले माग गरेको छ । प्रहरीले पनि अमितका बारेमा धेरै कुराहरू फेला पारेको छ । हैसियतन्त्र धेरै कमाइ गरेका अमितलाई बचाउन विभिन्न नेता, उच्च तहका व्यक्ति, होटेल रेष्टुरेन्ट व्यापारी र विचौलियाहरू लागेका छन् ।

‘निज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू पदमा रहँदा पदको दुरुपयोग गरी आफै विकृति विसंगतीको संरक्षक भई आफ्ना–आफन्त, नातागोता, बिचौलिया, साथीभाई परिचालित गरि आर्थिक अनियमितता गरेको’, बारले भनेको छ, ‘विचौलियाको रुपमा घ्यू साहुको नामले चर्चित ललितपुरका व्यापारी, दीपक तिमल्सिना, अमित श्रेष्ठ समेतको संलग्नतामा भ्रष्टाचारजन्य काम गरे गराएको हुनाले निज दीपक तिमल्सिना, अमित श्रेष्ठ र घ्यू साहु समेतको सम्पत्ति छानविन गरी पाउँ ।’

बारले भनेको छ, ‘निज प्रधानन्यायाधीशले अदालतमा गैरकानूनी रुपमा आर्जन गरेको कालोधन आफ्ना सम्धी तिलक रावल, सम्धी रामशरण थापा, ज्वाइँ विनय रावल, भिनाजु केशव उप्रेती, दिदी, भाई प्रभुशम्शेर जबरालगायतको नाममा राख्ने गरेको खुल्न आएको हुँदा सो सम्बन्धमा ताहाँ समितिबाटै निजहरूको खाता तथा सम्पत्ति विवरण झिकाई बुझी प्रमाण लगाई पाउँ ।’
विभिन्न काण्ड र हर्कत गरेपछि जबरा प्रधानन्यायाधीश निलम्बनमा परेका छन् ।

जबरासँग समितिले बुधबार बयान समेत लिएको छ । जबराको अबैध सम्पत्ति र पैसा विवादित विचौलिया अमितले क्यानडा, अष्ट्रेलिया तथा नेपालका विभिन्न कम्पनी, बैठक, हाइड्रपावरमा लगानी गरिदिएको आरोप छ ।

अबैध क्रिप्टो करेन्सी प्ररणको अभियोगमा पक्राउ परेका अमितलाई प्रहरीले अनुसन्धान गर्ने क्रममा स्वदेशी र विदेशी बैंकहरूमा अकुत रकम र सम्पत्ति फेला पारेको थियो ।

काठमाडौं जिल्ला अदालतले अमितलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । धरौटीमा छुट्नका लागि अमितले ठूलो चलखेल र पावर लगाएको आरोप लागेका बेला बार एसोसिएशनले नै चोलेन्द्र र अमितसहितका व्यक्तिहरूको नामै किटान गरेर अनुसन्धान र छानविन गर्न माग गरेका छ ।

अमितले धरौटीमा छुट्नका लागि न्यायालयलाई किन्ने भनेर आफू निकटका व्यक्तिहरूसँग बताउने गरेको चर्चा छ । तर, अमितले सोँच जस्तो न्यायालय कमजोर छैन । न्यायालयले निर्दोषलाई सफाइ र अपराध गर्नेहरूलाई दण्ड दिँदै आएको छ ।

प्रधानन्यायाधीश जस्ता जबरा विभिन्न काण्डमा निलम्बनमा परेका बेला जबराका निकटमा बिचौलिया र सहयोग अमितले न्यायक्षेत्रको बद्नाम गर्न खोजेपछि उनीबाट पीडित भएकाहरू डराएका छन् ।

चोलेन्द्रको पावरका बेला न्यायपालिकाभित्र हालिमुहाली गरेका अमितले खोरभित्र रहँदा पनि त्यही पावर आफूसँग रहेको ठानेका छन् । न्यायालय र प्रहरी प्रशासनलाई अमितले कमजारे नठाने पनि हुन्छ । अमित निर्दोष छन् भने न्यायालयले आफै सफाइ दिन्छ । पैसा बोकेर हिँड्नु पर्दैन ।

Published : Thursday, 2022 September 1, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया