‘विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा देउवाले भने, ‘आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ।’
प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने जानकारी निर्माण व्यवसायीलाई गराए ।
उनले सार्वजानिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे ।
देउवाले भने, ‘विकास खर्च सन्तोषजनक छैन, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ, यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहन्छु ।’
निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उहाँले बताए ।
सो अवसरमा देउवाले गैरआवासीय संघका अध्यक्ष शेष घले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद र अन्तर्राष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष दातु माथ्यु टिलाई सम्मान गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत