ओलीलाई भेटेकै स्थानमा प्रचण्डलाई मोदीको ‘राजकीय’ स्वागत
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजकीय सरहको सम्मान दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल भारतीय प्रधानमन्त्री मोदीको विशेष निमन्त्रणामा नयाँदिल्ली आएका हुन् । मोदीले दाहालसँग शनिबार विशेष भेटवार्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयोग नै मान्नु पर्छ मोदीले यसअघि नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटेकै स्थानमा दाहाललाई राजकीय सम्मानका साथ महत्व दिएर भेटेका छन् । ओलीलाई भेटेकै स्टाइलमा मोदीको सचिवालयले तस्वीर खिचेर रिलिज गरेको छ ।
भेटवार्ताका अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारेमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरूको एक वृहत्तर सर्किट बनाउने विषयमा पनि मोदी र दाहालबीच कुराकानी भएको छ । एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य गर्ने बारेमा समेत मोदी–दाहालबीच छलफल भएको थियो ।
पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी, सहमतिहरूलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।
यसैबीच, दाहालले भारतीय कांग्रेस (आई)का नेता तथा पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत