तीज नआउँदै सरकारी खर्चमा राष्ट्रपतिले गरिन् दरको भव्य भोज

काठमाडौं । तीज आउन अझै केही दिन बाँकी रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सीमित महिला नेतृहरूलाई बोलाएर पेटभरि दर खुवाएकी छिन् ।

महाराजगञ्जस्थित आफ्नो सरकारी कार्यालय शीतल निवासमा शुक्रबार साँझ राष्ट्रपति भण्डारीले तीजको दर खुवाएकी हुन् । तीजको दर पकाउन क्याटरिङको प्रयोग गरिएको थियो । नेपाली सेनाले शीतल निवासलाई सजाएको स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले सीमित महिलाहरूलाई दर खुवाएपछि सामाजिक सञ्जालमा विरोध भएको छ । दर खाएपछि महिला नेतृहरू तीज गीतमा छमछमी नाचेको स्रोतले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नवीना लामाले तीजको दर खाएपछि शीतल निवासमा सेल्फी लिएकी छिन् । नवीनाले सेल्फी फोटो पनि फेसबुकमा पोष्ट गरेर तीजको दर खुवाएकोमा राष्ट्रपति भण्डारीलाई धन्यावाद दिएकी छिन् ।

सरकारी खर्चमा राष्ट्रपति भण्डारीले मिष्ठान्न भोजनसहितको दर खुवाएको स्रोतले जनाएको छ । भण्डारीले दर खुवाउन विभिन्न दलका नेतृ, सञ्चारकर्मी, समाजसेवी लगायतका सीतिम महिलाहरूलाई बोलाएकी थिइन् ।

गाउँघरमा बिहान बेलुका एकछाक खान पनि समस्या भइरहेका बेला राजधानीसहित देशका प्रमुख शहरहरूमा तीजको दर खाने बहानामा होटेल, क्याटरिङ, पार्टी प्यालेस, सरकारी कार्यालयहरूमा फजुल खर्च गर्ने गरेको भनेर आलोचना भइरहेका बेला राष्ट्रपति भण्डारीले समेत तीज आउनुभन्दा केही दिन अगाडि दर खुवाएर आलोचनाको पात्र बनेकी छिन् ।

Published : Saturday, 2018 September 8, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया