प्रचण्ड दिल्लीमा व्यस्त भएका बेला ओलीको गोप्य बैठक
काठमाडौं । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा व्यस्त भएका बेला नेपालमा प्रधानमन्त्री खड्गप्रसदा ओलीको निद गायब भएको छ ।
बिहीबारदेखि दाहाल दिल्लीमा उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । दाहालको भारत भ्रमणले नेकपाभित्र नयाँ तरङ्ग पैदा गरेको छ ।
दाहालको भ्रमणले नेपालको राजनीतिक समीकरण कस्तो बन्ने हो भन्नेसम्मको चिन्ता बालुवाटारमा हुन थालेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दाहालको दिल्ली भ्रमणबाट चिन्ता जनाएको स्रोतले जनाएको छ ।
दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका उच्च नेताहरूसँग धमाधम भेटवार्ता गर्न थालेपछि ओलीले शुक्रबार बालुवाटारमा आफू निकटका नेताहरूसँग गोप्य परामर्श गरेका छन् ।
दिल्ली भ्रमण र दाहालको भावी कदमका विषयलाई लिएर ओलीले शुक्रबार बालुवाटारभित्र आफू निकट नेताहरूलाई बोलाएर परामर्श गरेका हुन् ।
ओलीले दाहालको भारत भ्रमणलाई अत्यन्तै नजिकबाट नियालेर समीक्षा गरेका छन् । भारतले दाहाललाई यसरी महत्व दिएर बोलाएको विषयमा पनि ओलीले विभिन्न खालका आशंकागरेका छन् ।
ओलीले दाहाललाई विभिन्न माध्यमाबाट भारत भ्रमणमा नजान सांकेतिक दवाव पनि दिएका थिए । तर, दाहालले ओलीको दवावलाई नटेरेर बिहीबार दिल्ली उडेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले पनि दाहाललाई उच्च सम्मान दिएर ओलीलाई झस्काइदिएका छन् ।
काठमाडौंमा कतिपयले दाहाल आफू प्रधानमन्त्री बन्नका लागि लबिङ गर्न दिल्ली भ्रमणमा गएको आशंकासमेत गरेका छन् ।
नेकपाभित्रको नेतृत्वसमेत पूर्ण रुपमा नपाएका दाहालले प्रधानमन्त्री पदबाट पनि ५ वर्षका लागि विमुख भएकोमा असन्तुष्टि जनाउँदै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत