सबैले केपी ओलीलाई प्रो इण्डियन भन्न थाले : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई ‘प्रो इण्डियन’ भन्न थालेको बताएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार भारतीय विश्व सम्बन्ध परिषदद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीबीच सम्बन्ध अत्यन्तै राम्रो भएको बताए ।
‘अहिले नरेन्द्र मोदीसँग सम्बन्ध अत्यन्त राम्रो भएपछि फेरि केपी ओलीलाई प्रो इन्डियन भन्न थालेका छन् । त्यसकारण यो युमर मात्रै हो’, उनले भनेनका छन्, ‘बौद्धिक वर्गले नेतृत्वलाई सम्बन्ध सुदृढका लागि उत्प्रेरित गर्नुपर्छ भन्ने म ठान्दछु ।’
नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले भनेका छन्, ‘प्रो चाइना र प्रो इन्डिया भन्ने अवधारणा पुरानो हो । ओलीजीलाई २५ वर्षदेखि मानिसहरूले प्रो इन्डियन भन्दै आए । बीचमा तलमाथि भयो ।’
आफू प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्ध अत्यनतै राम्रो भएको दाहालले दाबी गरेका छन् । ‘मेरो नेतृत्वको पछिल्लो सरकार र वर्तमान सरकारबीच म तुलना गर्न चाहन्न’, उनले भनेका छन्, ‘मेरो समयमा कन्फिडेन्सियल र मित्रवत सम्बन्ध स्थापित भयो । यति मात्रै भन्न चाहन्छु ।’
पार्टी एकीकरण हुँदा केपी ओली र आफूबीचमा केही सम्झौता भएको दाहालले बताए । ‘तर सरकारको स्थिरतामा तलमाथि हुँदैन’, उनले भने, ‘बाँकी कुरा घटनाक्रमले तपाईहरूलाई बताउने नै छ ।’
दाहालले भारतका कारण आफ्नो नेतृत्वकालको सरकार सफल भएको बताए । ‘यसका लागि म भारतीय नेतृत्वलाई धन्यवाद दिन चाहन्छु’, उनले भनका छन्, ‘मेरो पछिल्लो कार्यकालमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत हासिल भयो । मैले त्यसबेला बनाएको सम्बन्धको आधारमा टेकेर वर्तमान सरकारले भारत र चीनसँग सम्बन्ध थप मजबुत बनाएको छ ।’
प्रधानमन्त्री ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणले सम्बन्ध अत्यन्तै सकारात्मक भएको दाहालले बताए । ‘मेरो समयमा तयार भएको आधारमा यो अवस्था आएको हो’, उनले भने, ‘अहिले मोदी र ओली दुवैले सम्बन्ध थप सुदृढ बनाउन खोज्नु भएको छ । भारतसँग सम्बन्ध थप सुदृढ बनाउने विषयमा प्रधानमन्त्री ओली चिन्तित हुनुहुन्छ ।’
भारत भ्रमणमा रहेका नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभल, भारतीय गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूलाई भेटेर नेपालको राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेका छन् ।
दाहालले आफ्नी पत्नी सीता दाहाल, छोरी गंगा दाहाल आचार्यलाई साथमा लिएर नयाँदिल्ली गएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत