प्रचण्डलाई पूर्वएमालेले देखायो कठोर व्यवहार, विदाइमा जम्मा दुई नेता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न जाने बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदाइमा पूर्वएमालेका नेताहरूको अत्यन्तै न्यून उपस्थिति रहेको पछि पूर्वमाओवादी केन्द्रका नेताहरूले चिन्ता जनाएका छन् ।
त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा पूर्वएमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महासचिव विष्णु पौडेलको मात्रै उपस्थिति रहेको थियो । प्रचण्डले अपेक्षा गरे अनुसार पूर्वएमालेका नेताहरू विदाइ कार्यक्रममा नआएको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए ।
पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, देवेन्द्र पौडेल, लीलामणि पौडेल, शक्ति बस्नेत, मातृका यादव, नारायण दाहाललगायतका नेताहरूको उपस्थिति थियो ।
प्रचण्डलाई विदाइ गर्न पूर्वमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने पनि विमानस्थल पुगेका थिए ।
प्रचण्डको भारत भ्रमणबाट प्रधानमन्त्री ओली धेरै खुसी छैनन् । ओलीकै चिन्ताअनुसार पूर्वएमालेका नेताहरू प्रचण्डकोविदाइ कार्यक्रममा नआएको स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत