प्रचण्डद्वारा ओलीमाथि हानिकारक अस्त्र प्रहार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी ओली तर्सिएका छन् ।
प्रचण्डको सार्वजनिक असन्तुष्टिले ओलीको मनमा चिसो पसेको हो । प्रचण्ड भारत र चीनको भ्रमणमा पनि जाँदै छन् । यसअघि सिङ्गापुरमा बिताएर आएका प्रचण्डको भारत र चीन भ्रमणलाई ओलीले रुचाएका छैनन् ।
ललितपुरको खुमलटारस्थित निवासमा प्रचण्डले सीमित पत्रकारहरूलाई बोलाएर सरकारको कामकारबाही ठीक नभएको भनेर आलोचना गरेपछि ओली र प्रचण्डबीच ठीक चलेको छैन भन्ने धेरैले अड्लबाजी गरेका थिए । प्रचण्डले आवश्यक पर्यो भने सरकारमा फेरबदल गर्ने जनाएका छन् ।
प्रचण्डले भनेको फेरबदल प्रधानमन्त्रीसहितको सेट फेर्ने हुन् वा मन्त्रीहरूलाई मात्रै परिवर्तन गर्ने हो स्पष्ट पारिएको छैन ।
सरकारको कामकारबाही जनताले चाहेअनुसारको हुन नसकेको भनेर प्रचण्डको आलोचना आएपछि ओलीले आफू निकटका नेताहरूसँग पूर्वमाओवादीका नेताहरूको गतिविधिलाई निगरानीमा राख्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
मन्त्रीहरूलाई भन्दा पनि प्रचण्ड प्रधानमन्त्री ओलीतिर निशाना लगाएको धेरैको अनुमान छ । ओलीसँग आफ्नो कुनै पनि तिक्तता वा विवाद छैन भन्ने गरेको प्रचण्डले । त्यो उनको बाध्यता हो ।
ओली अहिले शक्तिशाली छन् । ओलीलाई चिढ्याउनु भनेको प्रचण्डको राजनीति ओरालो लाग्नु हो । प्रधानमन्त्री ओलीको विरोध नगर्ने भन्दैमा प्रचण्ड चुपलागेर बस्ने व्यक्ति होइनन् ।
भारत र चीन भ्रमणका बेला ओली सरकारविरुद्ध केही न केही योजना बन्न सक्ने आशंका पूर्वएमालेको छ । ओलीलाई हटाएर प्रचण्डले सत्ता र पार्टीको नेतृत्व लिन चाहेका छन् ।
प्रचण्ड बिहीबार नयाँदिल्ली जाँदै छन् । दिल्लीमा प्रचण्डले भारतीय नेताहरूसँग भेट्ने कार्यक्रम छ ।
1 प्रतिकृया प्राप्त “प्रचण्डद्वारा ओलीमाथि हानिकारक अस्त्र प्रहार”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

जब सम्म प्रचन्डकै नेतृत्व मा सरकार बन्दैन तब सम्म तब सम्म क्रान्तिबिर माओबादिहरु तथा सहिदहरुको आत्माले सान्ती पाउदैन, तर बाबू राम बिप्लब बैध्य सबै लाई असम्मान फिर्ता ल्याउन अनिबर्य छ।
लाल सलाम!!!!