सरकारले दियो चाढपर्वको मुखमा मूल्य वृद्धिको उपहार, कांग्रेसद्वारा विरोध

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । कम्युनिस्ट सरकारले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य वृद्धि गरेको छ भने डिजल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको छ ।

ओली नेतृत्वको कम्युनिस्ट सरकारले खाना पकाउने ग्यासमा यस पटक मूल्य वृद्धि गरेको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

सरकारले विरोध हुने डरले प्रत्येक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि मध्यराति गर्ने गरेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मूल्य वृद्धिको विरोध गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मूल्य वृद्धिको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

मूल्य वृद्धि गरेर चाढपर्वको मुखमा जनतालाई राहत दिनुको साटो मर्माहत बनाएको भन्दै प्रवक्ता शर्माले आपत्ति जनाएका छन् । यस विषयमा पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिइने प्रवक्ता शर्माले बताएका छन् ।

Published : Wednesday, 2018 September 5, 10:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया