निर्मला पन्त हत्या प्रकरणमा रोशनीको बयान फेरियो
महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा छानविन समितिहरूले केही आशा लाग्ने तथ्यहरू फेला पार्न थालेका छन् ।
साउन १० गते बलात्कार पछि पन्तको हत्या भएको थियो । निर्मला पन्तको हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले आ–आफ्नो तरिकाले अनुसन्धान गर्दै आएको छ ।
निर्मला पन्तको हत्याका विषयमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली बनेको थियो । यो समितिले सुक्ष्म अनुसन्धान गरेको जनाएको छ । सिआइबीले पनि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय टोली महेन्द्रनगरमा आफ्नै तरिकाले छानविन तथा अनुसन्धान गरिरहेको छ ।
निर्मला पन्तको हत्या अभियोग लागेका मनीषा बम र रोशनी बमले घटनामा आफूहरूको कुनै संलग्नता नरहेको जनाएका छन् । आयुश विष्ट र किरन विष्टसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।
निर्मला पन्तकी दिदी मनीषा पन्त र रोशनी बमलाई संयुक्त रुपमा राखेर प्रहरीले बयान लिएको थियो । प्रहरीसँगको बयानका क्रममा रोशनीले घटनाबारे अनभिज्ञता जनाएकी थिइन् । रोशनीको बयान भने विगतको भन्दा फेरिएको मनीषाले बताएकी छिन् ।
यसअघि गरेको बयानमा रोशनी बमले निर्मला पन्त आफ्नो घरबाट भागी बुबाको डेरामा जान्छु भनेको तथा चार–पाँच दिन उतै बस्छु भनेर निस्केको बयान दिएकी थिइन् । पछिल्लो बयानमा रोशनी बमले निर्मला घरबाट निस्केको र च्यानल गेट बाहिरबाट कता लाग्यो थाहा नभएको दाबी गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत