कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसले संविधानभन्दा कोही पनि नरहेको भन्दै विधि उल्लंघन गर्ने प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ ।

बुधबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद अमरेशकुमार सिंहले संविधानको उल्लंघन गर्ने अधिकार कसैलाई नरहेको बताए ।

‘सरकारको एउटा मन्त्रालयले पासपोर्ट जारी गर्छ । अर्को मन्त्रालयले तपाईले सरकारसँग अनुमति लिनुभएको छैन भनेर फिर्ता पठाउँछ’, सांसद सिंहले भने, ‘हरेक व्यक्तिले सरकारसँग अनुमति लिनुपर्छ ? संविधानअनुसार अनुमति लिनुपर्दैन । सरकारले संविधान उल्लंघन गरेको छ ।’

केही दिन अगाडि पूर्वअयोग्य लडाकुलाई विदेश जाने बेला अध्यागमनले फिर्ता पठाएको विषयमा सांसद सिंहले आपत्ति जनाएका हुन् ।

उनले सरकारले संविधान उल्लंघन गरेको भन्दै सरकारको औचित्य समाप्त भएको बताए । कांग्रेस सांसद सिंहले प्रधानमन्त्री केपी ओलीको राजीनामा पनि मागे गरे ।

‘संविधानभन्दा माथि कोही छैन । हामीले कसैलाई पनि राजा बनाएको होइन’, उनले भने, ‘संविधान उल्लंघन गर्न प्रधानमन्त्री बनाएको होइन । जनताको प्रधानमन्त्री बनाएका हौं ।’

कांग्रेसका सांसद सिंहले वर्तमान सरकार निरंकुतातिर बढ्न दिन नहुँने बताए । ‘हामीले सरकारलाई निरंकुशतातिर बढ्न दिनु हुँदैन । संसदले रोक्नुपर्छ’, उनले भने, ‘सरकारलाई स्वयच्छाचारी बन्न दिनु हुँदैन ।’

Published : Wednesday, 2018 September 5, 8:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया