कांग्रेसको दवावपछि वृद्ध भत्ता बढाउन कम्युनिस्ट सरकार तयार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वृद्ध भत्ता वृद्धि नगरेको भनेर आलोचना गरेपछि आत्तिएको वर्तमान कम्युनिस्ट सरकारले वृद्ध भत्ता वृद्धि गर्ने सोँच बनाएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले वृद्ध भत्ता बढाउन अर्थमन्त्री युवराज खतिवडालाई दवाव दिएपछि वृद्धि हुन थालेको हो । वृद्ध भत्ता बढाउन ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दवाव दिएका थिए ।

ओलीको दवावपछि अर्थमन्त्री खतिवडाले पुरक बजेट ल्याएर वृद्ध भत्ता बढाउने तयारी गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनका बेला वृद्ध भत्ता बढाएर पाँच हजार बनाउने घोषणापत्रमा उल्लेख गरेको थियो । तर, बजेटमा वृद्ध भत्ता नबढाएपछि कांग्रेसले हरेक ठाउँमा सो विषय जोडतोडले उठाउँदै आएको थियो ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले वृद्ध भत्ता पाउने उमेर घटाउनुका साथै सामाजिक सुरक्षा भत्तामा धेरै राम्रा काम गरेको थियो । ओली सरकार आउनेवित्तिकै कांग्रेसले गरेका राम्रा कामहरू कटौती भएको थियो ।

Published : Wednesday, 2018 September 5, 11:46 am

1 प्रतिकृया प्राप्त “कांग्रेसको दवावपछि वृद्ध भत्ता बढाउन कम्युनिस्ट सरकार तयार”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया