यस्तै गलत काम गर्छ कम्युनिस्ट सरकारले
काठमाडौं । नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण दिएपछि चौतर्फी विरोध भएको छ ।
बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका एसपी माझीलाई कम्युनिस्ट सरकारले प्रबल जनसेवाश्री विभूषण प्रदान गरेको हो । विभूषण राष्ट्रपति भण्डारीले मंगलबार प्रदान गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर एसपी माझीले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए ।
गृह मन्त्रालयले माझीलाई निलम्बन विभागीय कारबाही गरेको थियो । एसपी माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् ।
अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको विभूषणको सूचीबाट नाम हटाएको थियो । तर, एसपी माझीको नाम भने कम्युनिस्ट सरकारले हटाएन ।
एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ । माझीको निलम्बन पनि फुकुवा भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत