कम्युनिस्ट सरकारविरुद्ध संगठित हुन देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारविरुद्ध संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा देउवाले प्रहरी, सेना, न्यायालयसहित कर्मचारी तन्त्रलाई सरकारले पार्टीकरण गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
उनले वर्तमान सरकारको गलत कार्यविरुद्ध लडन कांग्रेसका नेता कार्यकर्तालाई संगठित हुन निर्देशन दिए ।
कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिने सभापति देउवाले सरकारलाई चेतावनी दिए । ‘कर्मचारीतन्त्रलाई हस्तक्षेप मुक्त बनाउने पार्टीको नीति छ’, उनले भने ।
सरकारका गलत काम विरुद्ध कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए । उनले अवकाश प्राप्त कांग्रेस निकट कर्मचारीहरूलाई पार्टीले उचित स्थान दिने आश्वासन दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत