प्रधानमन्त्री कार्यालयको नाममा यति ठूलो बद्मासी, यी व्यक्तिलाई होला कारबाही ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईटी विज्ञको रुपमा कार्यरत असगर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ ।
पेमेन्ट गेटवेको काम गर्दै आएको ई–सेवा कम्पनीका सीईओ आलीविरुद्ध काठमाडौंका जनकराज शर्माले अख्तियारमा उजुरी दायर गरेका हुन् । शर्माले अलीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि उजुरी दर्ता गराएका छन् ।
अलीले प्रधानमन्त्री कार्यालयको आईटी विशेषज्ञ भएको फाइदा उठाउँदै सरकारी कार्यालय र विभाग एवम् निकायहरू पेमेन्ट गेटवेको काम गरी अख्तियारी दुरुपयोग गरेको आरोप उजुरीमा लगाइएको छ ।
अलीले राजनीतिक शक्तिको आडमा सरकारको विभिन्न विभाग तथा मन्त्रालयलयहरूका अधिकारीलाई प्रभावमा पारेर इ–सेवाको व्यापार विस्तार गरेको आरोप छ ।
सरकारको स्वामित्वमा भएको पेमेन्ट टेक्नोलोजीलाई प्राथमिकता नदिई जनताको पैसा इ–सेवामा राख्न लगाई इ–बैंकिङ सञ्चालन गर्दै आएको उजुरीमा उल्लेख छ ।
अलीले कृषि विकास बैंक र इसेवा अन्तर्गतको एफवान सफ्टबीच भएको इन्टरनेट बैंकिङ सम्झौता समेत गरेको प्रमाणका रुपमा पेश गरिएको छ ।
पासपोर्टको सबै डाटा, श्रम विभागसँग भएका डाटा, यातायात व्यवस्था विभाग अन्तर्गतको ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र, अध्यागमनलगायत अन्य निकायसँग सर्वसाधारणको सुरक्षित डाटा संकलनमा समेत अलीले प्रधानमन्त्री कार्यालयको अधिकार दुरुपयोग गरेको आरोप लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत