यस्तो बन्नेछ कांग्रेसको नयाँ विधान, धमाधम काम हुँदै
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ विधानमा आठवटा पार्टी तह हुने गरी मस्यौदा बनाउने गृहकार्य भएको छ ।
कांग्रेसले संघीय संरचना अनुसार बुथ कार्यसमितिदेखि केन्द्रीय कार्यसमिति गरी आठ तहको अवधारणा ल्याएको छ ।
बुथ तह थप्नुपर्ने विषयमा कांग्रेसले अनौपचारिक छलफल चलाएको छ । नागरिक, मतदातासम्म जोडिने सम्बन्ध र सम्पर्क हुने भएकाले बुथ समिति बनाउनुपर्ने कुरा जोडदार रुपमा कांग्रेसभित्र उठेको छ ।
नागरिक, मतदाताहरूको जानकारी लिन उनीहरूको मनस्थितिअनुसार रणनीति बनाएर संगठन गर्न बुथ समितिको प्रस्ताव आएको एक नेताले बताए ।
महाधिवेशनको पूर्वसन्ध्यामा मात्र गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन हुने गरेकोमा पार्टीलाई चार–पाँच वर्ष नै चलायमान बनाउन अलग समयमा अधिवेशन गर्ने विषयमा मस्यौदा समितिले छलफल गरेको छ ।
नेता तथा कार्यकर्ता व्यवस्थापन गर्नदेखि पार्टी पंक्तिलाई चलायमान बनाउन विधान मस्यौदा समितिमा प्रादेशिक समितिका प्रतिनिधि र महाधिवेशन प्रतिनिधि फरकफरक हुनुपर्ने विषय पनि उठाएको छ । ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्रबाट प्रादेशिक प्रतिनिधि र १ सय ६५ संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने विषय कुरा चलेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा ६ पदाधिकारीसहित ८५ सदस्यीय छ । यसपटक यो संख्या बढाएर २ सय ५१ सम्म बनाउनुपर्ने सुझाब आइरहेको एक नेताले बताए ।
कांग्रेसले प्रादेशिक संरचना गठन, यसको पदाधिकारी र सदस्य संख्या, यसको क्षेत्राधिकार, प्रतिनिधि चयनको प्रक्रिया, निर्वाचन प्रणाली नयाँ र महत्पूर्ण विषयका रुपमा लिएको छ ।
विधान मस्यौदा समितिमा महाधिवेशनका प्रतिनिधि र प्रादेशिक संरचनाका प्रतिनिधि एउटै हुने कि फरक–फरक हुने भन्ने विषय टुंगिसकेको छैन ।
आठवटा संरचना हुँदा नयाँ संरचना प्रदेश समिति र प्रदेशस्तरीय क्षेत्रीय समितिको काम, कर्तव्य र अधिकारको विषय पनि मुख्य हुन् । सामूहिक नेतृत्व प्रणालीमा जाने कि, सभापतिलाई थप अधिकार दिने भन्ने विषय पनि प्रमुख देखिएको छ ।
कांग्रेस नेताका अनुसार बुथ, वडा, गाउँपालिका र नगरपालिका, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति, संघीय निर्वाचन क्षेत्र, जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समिति हुनेछन् ।
विभागसहितका विभिन्न केन्द्रीय समितिहरू, भ्रातृसंस्थाहरू रहनेछन् भने कांग्रेसमा वडा, गाउँ र नगर, क्षेत्र, जिल्ला र केन्द्रको संरचना थियो । बुथ, प्रादेशिक क्षेत्रीय समिति र प्रादेशिक समिति नयाँ थपिन लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत