डा.आरजु आफ्नै घरमा यसरी नाचिन् छमछमी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाले आफू निकटका सीमित महिलाहरूसँग गौरा पर्व मनाएकी छिन् ।

काठमाडौंका बुढानिलकण्ठस्थित देउवा निवासमा डा.आरजु राणाले गौरा पर्व धुमधामका साथ मनाएकी हुन् । डा.आरजु राणा सहितका महिलाहरूले देउडा खेल्नुका साथै गौरा पर्व मनाएको जनाइएको छ ।

गौरा पर्व मनाएको र देउडा नाचेको भिडियो र तस्बिरहरू डा.आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुक आदि खाने गरिन्छ ।

https://www.facebook.com/arzu.rana.948/videos/533579690446036/

Published : Saturday, 2018 September 1, 6:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया