महेन्द्रनगर घटनापछि खुमलटारमा आकस्मिक बैठक
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपाली कांग्रेसविरुद्ध अराजक अभिव्यक्ति दिएपछि उग्र बनेको महेन्द्रनगरको घटनामा शुक्रबार एक किशाेरको प्रहरीको गोली लागेर मृत्यु भएपछि आत्तिएका नेकपाका सांसदहरूले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर समस्या समाधानका लागि पहल गर्न दवाव दिएका छन् ।
शुक्रबार प्रहरीको गोली लागेर बालक शनी खुनाकाे मृत्यु भएपछि कञ्चनपुरका नेकपाका सांसदहरूले प्रचण्डलाई भेटेर गृहमन्त्री र प्रधानमन्त्रीको रबैयाको विरोध गरेका हुन् । भीम रावलको अभिव्यक्तिका कारण झन् समस्या चर्किएको भनेर नेकपाका सांसदहरू चिन्तित बनेको स्रोतले जनाएको छ ।
महेन्द्रनगरमा प्रहरीको गोली लागेर शनि खुनाको मृत्युको खबर पाउनेवित्तिकै कैलाली र कञ्चनपुरका सांसदहरूले प्रचण्डलाई ललितपुरको खुमलटारस्थित निवास पुगेर भेट गरेर समस्याको समाधानका लागि आग्रह गरेका हुन् ।
कञ्चनपुर – ३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टका साथै सांसदहरू लेखराज भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेको एक नेताले बताए ।
सांसदहरूको आग्रहपछि प्रचण्डले तत्काली प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर महेन्द्रनगरको घटनालाई गमभीर रुपमा लिन आग्रह गर्दै सुरक्षाकर्मीलाई संयमित हुन आग्रह गरेका थिए । प्रचण्डले ओलीसँग महेन्द्रनगर घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय समिति बनाउन सुझाव दिएका छन् ।
नेकपाका नेता भीम रावलले शुक्रबार बिहान विभिन्न सञ्चारमाध्यमहरूमा दिएको अन्तर्वार्तामा नेपाली कांग्रेसका कारण महेन्द्रनगरमा हिंसा भड्किएको आरोप लगाएपछि मत्थर हुँदै गएको प्रदर्शन दिउँसो एकाएक उग्रह हुन पुगेको थियो ।
महेन्द्रनगरको प्रदर्शन एकाएक उग्रह भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत